पथरी । मोरङको उर्लाबारी नगरपालिका-३ स्थित पूर्व पश्चिम लोकमार्गमा दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।
मंसिर ६ गते साँझ प्र. १-०२-०५० प ८४०६ नम्बर र प्र.१-०२-०४३ प ९२२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोरङ कानेपोखरी गाँउपालिका-४ रमाईलोका २८ बर्षीय किशोर गुरुङ, २८ बर्षीय अमृत लिम्बु र पथरीशनिश्चरे नगरपालिका-५ का ४२ बर्षीय दिपक धिमालको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकलमा सवार पथरीशनिश्चरे-५ का ३० बर्षीय बिष्णु धिमालको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।


66 पटक हेरिएको 












