प्याब्सन नगर अध्यक्षमा सन्तोस बस्नेत निर्वाचित

पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्य समिति पथरी शनिश्चरेको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।

शनिवार भएको अधिवेशनले सुपब् मोडल इङलिस बाेडिङ स्कुल (पथरी शनिश्चरे-४) का प्रिन्सिपल सन्तोस वस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष बस्नेत प्याब्सन नगर समितिका निवर्तमान सचिव समेत हुन्। समितिको सचिवमा किरात एकेडेमी ( पथरी शनिश्चरे-३)का सुजन वास्तोला, कोषाध्यक्षमा एभरेष्ट इङलिस बोडिङ सेकेण्डरी स्कुल (पथरी शनिश्चरे-१ ) का  रविन कन्दङवालाई सर्वसम्मत् निर्वाचित गरेको छ । अधिवेशनले सदस्यद्वयमा वाल जागरण (पथरी शनिश्चरे-४) का नर वहादुर कार्की र ग्रेट ग्रेस (पथरी शनिश्चरे-४) की गीता लिम्बुलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार