ऋषिदेव बस्तीका बालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण

हसन्दह । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा पथरी जेसीजले जेसीज गाउँ घोषणा गर्दै ऋषिदेव बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ।
शनिबार जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजले जेसीज सप्ताह सुरु गरेको जनाएको छ । जेसीस सप्ताहको पहिलो दिन अति विपन्न ऋषिदेव बस्तीका १५ घर परिवारका ३५ जना बालबालिकाहरुलाई कपी, बलपेन, पेन्सिल लगायत शैक्षिक सामग्रीहरू प्रदान गरेको छ।
पथरी जेसीजले ऋषिदेव बस्तीलाई जेसिस गाउँ घोषणा गरी आगामी ७ वर्षसम्म वडा नम्बर ६ को वडा कार्यालयसंग समन्वयमा सो अति विपन्न बस्तीको शिक्षा तथा सामाजिक विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने पथरी जेसीज अध्यक्ष तथा जेसी आई सिनेटर राजकुमार विश्वकर्माले बताए ।
उद्घाटन कार्यक्रममा पथरी शनिश्चरे वडा नम्बर ६ का जनप्रतिनिधि वडाध्यक्ष कृष्णप्रसाद बस्नेत र पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माले एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सप्ताह आगामी मङ्सिर १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार