विद्यालय भवनको शिलान्यास

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले चन्द्र किरातेश्वर मावि पथरी शनिश्चरे ७ को ४ कोठे पक्की नयाँ भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गरेका छन् ।

आज भएको शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल लगायतको उपस्थिति रहेको थियो ।  सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई (मधेश समृद्धि कार्यक्रम मार्फत् विनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट सो भवन निर्माण हुने चन्द्र किरॉतेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष काशीहाङ राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार