पथरी । ३ दिने क्लिनिकल अपडेट तालिम पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ३ सुरु भएको छ ।
आज नगरपालिकाको सभाहलमा तालिमको उद्घाटन गरिएको हो । मंसिर १४ गतेसम्म सञ्चालन हुने तालिममा नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरूको नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत जगत मगर, नगर उप–प्रमुख देविमाया काफ्लेले मन्तव्य राखेका छन् । तालिमको सहजीकरण कोशी अस्पतालका अनमिद्वय ममता श्रेष्ठ र अन्जु खनालले गर्नेछन् ।