नगरमा सहकारी शिक्षा तालिम

पथरी । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सदस्यका लागि सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाद्वारा आयोजित तालिममा नगरमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगरका आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतले नगरमा रहेका सहकारीहरुको बारेमा बोलेका छन् । सहकारी शिक्षा तालिमको औपचारिक कार्यक्रम सञ्चालन नगरको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले गरेकी थिइन् । तालिमको सहजकर्ता प्रदेश बचत तथा ऋण सहकारी संघ लि.कोशीका सचिव एकराज निरौलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार