पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कार्यक्रमको उद्घाटन गरे । नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम स्थानीय तहमा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारीहरुको लागि आयोजना गरिएको हो । सो कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावाखेल ललितपुरको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो । कार्यक्रमको प्रशिक्षार्थीको रुपमा पथरी शनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका र सुनवर्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । तालिमको सहजकर्ता दिपक थापा र सन्तलाल श्रेष्ठले निर्वाह गर्नेछन् ।


79 पटक हेरिएको 









