विशाल युवा क्लबले सरसफाई गऱ्यो

पथरी । विशाल युवा क्लब पथरी शनिश्चरे १ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर २१ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी पूर्व बस स्टेन देखि पश्चिम बस स्टेनसम्म सरसफाइ कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरी, ट्राफिक प्रहरी कार्यालय, पथरी बेसक्याम्पको सहभागिता रहेको थियो । सरसफाईवाट संकलित फोहोर नगरपालिकाको फोहोर उठाउने गाडीमा राखेर विसर्जन गरिएको थियो । कार्यक्रममा देश कुमार थाम्सुहाङले पानी र रोशन चेम्जोङ र जैसु लिम्बुले क्लोब्स सौजन्य उपलब्ध गराएको विशाल युवा क्लबले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार