दमक । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको दमकमा पहिचानवादीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा केदार धिमाल, मातृका धिमाल, गङ्गा राई सेर्मा, विक्रम वनेम फागो, याम लोरिङ्देन, एलबी पालुङ्वा, सोम चेम्जोङ, बिबेक सुनुवार, तीर्थ खडका, दिनेश किराती, देउमान सम्ब्रा (भाईचुङ) लाई प्रहरीले पक्राउ गरेको छ । ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ले पक्राउ परेका योद्धाहरुलाई तुरुन्त नछाडे ससक्त आन्दोलन गर्ने चेतावनी दिएपछि पक्राउ परेको६ घण्टापछि रिहा गरिएको हो ।


66 पटक हेरिएको 












