जीबीओ न्यू स्कुल नगर प्रमुख तुम्वापोद्वारा उद्घाटन

पथरी । जीबीओ न्यू स्कुल पथरी शनिश्चरे १० को भवन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन्  ।

उद्घाटन पश्चात् नगर प्रमुख तुम्वापोले विद्यालय भवन निर्माण मात्र होइन विद्यालयमा अध्ययन गर्न आउनुहुने विद्यार्थीको अध्ययनलाई पनि विशेष महत्व दिनुपर्नेमा जोड दिए । भवन उद्घाटनसँगै विद्यालयलाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो । डी.बी. राईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १ का अध्यक्ष भीम राई, नगर शिक्षा शाखा प्रमुख नविन खुलाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिविर पूर्व क्याम्प सचिव चम्पासिंह राई, सी.एम.सी. सचिव कर्णबहादुर राई, नेव भट्टराई, बेलडाँगी शिविर सचिव सन्चाहाङ सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । बटिका बाल विकास केन्द्र स्कुल पथरी शनिश्चरे क्याम्पले आयोजनामा भएको कार्यक्रममा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार