साकेला गाउँपालिका खोटाङ विजयी

पथरी । पुरुष भलिबल प्रतियोगितामा साकेला गाउँपलिका खोटाङ दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाल प्रहरी तालिम केन्द्र विराटनगर रानीलाई पराजित गर्दै खोटाङ अघिल्लो चरणमा प्रवेश गरेको हो । पहिलो सेटमा खोटाङलाई पराजित गरेको विराटनगर रानीले दोस्रो, तेस्रो र चौथो सेटमा खोटाङसङ्ग पराजित भएको थियो ।

चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु भएको थियो । उद्घाटन खेलमा उर्लाबारीले बेलबारीलाई पराजित गर्दै विजय हासिल गरेको थियो ।

आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा प्रतियोगिता भइरहेको छ । विराटनगर रानी, साकेला गाउँपालिका खोटाङ, उर्लाबारी र बेलबारी सहित ८ टिमले सहभागी जनाएकाे छ। अब विर्तामोड भलिबल टिम,एम एस मोरङ, सयपत्री क्लब बेलबारी र अरुणदय इङ्लिस बोडिङ स्कुलले प्रतियोगितामा स्पर्धा गर्नेछ।

पुष २ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार र दोस्रो हुनेलाई ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने चुम्लुङ नगर अध्यक्ष प्रेम बहादुर पड्याङगूले बताए । स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्बुको सम्झनामा एभरेष्ट अङ्ग्रेजी मावि पथरी शनिश्चरेका सञ्चालक रविन कन्दङ्वाले प्रथम र दोस्रो पुरस्कारको नगद प्रायोजन गरेको छ ।

चासोक तङ्नाममा लिम्बू समुदायको ऐतिहासिक साँस्कृतिक के :लाङ, माङ्लाङ, येवालाङ, याराक्मा, हाक्पारे, ख्याली स्पर्धा पनि हुनेछ । पुष ३० गते हुने भव्य कार्यक्रम मोरङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार