निल डेभिडको  वार्षिकोत्सव, ५० प्रतिशत छुट

 37 पटक हेरिएको

पथरी। निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शनिश्चरे शाखाले ८ औं वार्षिकोत्सव मनाएको छ । आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव धुम धाम साथ मनाएको हो । शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो साखाको अगाडि निल डेभिड हेयर एण्ड व्युटी सेलुनले सेवा क्षेत्रमा वढाएको हो ।

८ औं वार्षिकोत्सव तथा सेवा क्षेत्र बिस्तार कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, पथरी शनिश्चरे वडा नं १ का भीमकुमार राई , लाईन्स क्लब अफ पथरि शनिश्चरेका अध्यक्ष तथा पथरी शनिश्चरे नगर पालिकाका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा वडाध्यक्ष भीमकुमार राई र उद्योग वाणिज्य सङ्घका अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राखेका छन् । निल डेभिड हेयर एण्ड व्युटी सेलुनकी शाखा प्रमुख मिरा बस्नेतले ८ वर्ष अघि स्थापना कालमा २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम लिइ सकेको छ ।

हाल दमक, उर्लाबारी र पथरी वजारमा उक्त सेलुन खोलेर १५ जनालाई रोजगारी दिई रहेको उनले बताए । निल डेभिडको देशभर ४५ वटा शाखाहरू रहेका छन् भने ८२ वटा विश्वका विभिन्न देशहरूमा शाखा रहेको पनि बस्नेतले बताइन् । पथरी शाखाले ८ औं वार्षिकोत्सवको अवसरमा पौष ६ गतेसम्म ब्युटि सियानको कुनै पनि कोर्स गर्न चाहानु हुनेहरुलाई ५० प्रतिशत छुटको समेत ब्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार