मंगलबारे कृषि पशु बजारलाई व्यवस्थित गर्ने

 20 पटक हेरिएको

पथरी । पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकाले मंगलबारे संयुक्त कृषि बजारको अनुगमन निरीक्षण गरेको छ ।

आज उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाले संयुक्त रुपमा सो कृषि बजारको अनुगमन निरीक्षण गरेको हो । पथरी शनिश्चरे नगरपालिकाकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. २ का अध्यक्ष नैना राईको उपस्थिति रहेको थियो । यस्तै उर्लाबारी नगरपालिकाबाट नगर प्रमुख गंगा खरेल, उप–प्रमुख मिना कुमारी खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ताको उपस्थिति रहेको थियो । अनुगमन निरीक्षणपछि मंगलबारे संयुक्त कृषि पशु बजारलाई दुई पालिकाद्वारा कार्यविधि निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार