जेष्ठ नागरिकलाई सम्मान तथा साउण्ड सिस्टम वितरण 

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं- १ ले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान सहित साउण्ड सिस्टम वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले जेष्ठ नागरिकहरूलाई सम्मानित गरेका छन् ।

प्रमुख अतिथि मेयर तुम्वापाेले  २ सय बढी जेष्ठ नागरिकहरूलाई रुद्राक्ष र टोपी ओढाएर सम्मान गरेका हुन्। आर्थिक वर्ष २०८१/०८२मा जेष्ठ नागरिकहरुलाई साउण्ड सिस्टम वितरण तथा सम्मान शीर्षक अन्तर्गत कूल १ लाख रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिए । नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, पूर्व उपमेयर यमुना बिष्ट, लोकगायक महेश बुढाथोकी, नर्वदेश्वर मन्दिर अध्यक्ष भविन्द्र विष्ट, वडा सदस्यहरू क्रमशः सुरेश कुमार कार्की, पूर्ण बहादुर कार्की, भारती विश्वकर्मा, बसुन्धरा गुरुङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शान्ति किर्तन मण्डली, नर्वदेश्वर कीर्तन मण्डली, लगायतका विभिन्न ५ वटा भजन कीर्तन समूहहरूलाई वाद्ययन्त्र ( साउण्ड सिस्टम) वितरण गर्नुका साथै जेष्ठ नागरिकहरूलाई स्वास्थ्यकर खीर , फलफूल र नास्ता खुवाएर सम्मान गरिएको वडाध्यक्ष भीमकुमार राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार