प्रभावकारी बन्दै वडाको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम

पथरी । पथरी शनिश्चरे वडा नं. ८ ले निरन्तरता दिदै आएको ‘जनतासँग जनप्रतिनिधि’ प्रभावकारी बन्दै गइरहेको छ ।
वडा नं. ८ का जनप्रतिनिधिहरू निर्वाचनको समयमा मात्रै होइन, निर्वाचित भए पश्चात् पनि निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् । वडाले वि.सं. २०७९ असोज महिनाको अन्तिम शनिबारदेखि सुरुवात गरेको कार्यक्रम वडा हुँदै नगरवासीको लागि नयाँ प्रयोग भएको साथै अहिले लोकप्रिय बन्दै गएको वडावासीहरुले बताउन थालेका छन् ।
वडाले हरेक महिनाको अन्तिम शनिबार जनताको घरदैलोमा जाने भेटघाट गर्ने, गफ गर्ने, सल्लाह/सुझाब लिने, गुनासो सुन्ने सोचका साथ यो कार्यक्रम गर्दै आइरहेको छ । जनताको घरदैलोमा जादा भोट हालेर जिताएका नागरिकहरूको घरमा सुत्ने खाट नभएर चिसोमा बाँसको खाटमा सुत्नुपर्ने बाध्यता रहेको भेटिएपछि अभावले भुइमा सुत्नु नपरोस भनेर वडा कार्यलयबाट आज १२ परिवारलाई सुत्ने खाट वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिए । यसैगरी वडाले शौचालय नभएका परिवारलाई ५३ वटा शौचालय निर्माण गरी प्रदान गरिएको वडाध्यक्ष कार्कीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार