अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुद्ध माबि प्रथम 

पथरी ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ को समापन भएको छ ।

प्रतियोगितामा बुद्ध मावि(पथरी शनिश्चरे-८) प्रथम,  सिंहवाहिनी मावि(पथरी शनिश्चरे-९) द्वितीय र पञ्चायत मावि(पथरी शनिश्चरे-१)ले तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष पनि बुद्ध माविले प्रथम स्थान हासिल गरेको थियो ।
शुक्रबार वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को प्रमुख अतिथि रहेका थिए ।
नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता वडा नं. १ का वडाध्यक्ष भीम राईको रहेको थियो । यसैगरी समापन कार्यक्रममा नविन कार्की, कार्यपालिका सदस्य विरध्वज शिवा, सुनाखरी माविका वि.व्य.स.अध्यक्ष प्रदिपकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार