
माङसेबुङ(इलाम) । ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आत्मानन्द रंगशालामा आइतबार भएको खेलमा पथरी शनिश्चरे खेलकुद समिति मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङको जितमा सुष्मा लिम्बू, अनुष्का शेर्पा र सुजता लिम्बूले समान एक गोल गरे । खेलको १७ औं मिनेटमा सुष्माले गोल गर्दै ताप्लेजुङलाई सुरुवाती अग्रता दिलाइन् । त्यसपछि खेलको ४७ औं मिनेटमा अनुष्काले गोल गर्दै अग्रता दोब्बर बनाइन् । यसैगरी खेलको ४९ औं मिनेटमा सुजताले गोल गर्दै ३–० को सहज जित दिलाइन् । खेलको प्लेयर अफ द म्याच ताप्लेजुङकी सुष्मा लिम्बू घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत आज सोमबार रोयल स्पोर्टिङ क्लब दमक झापा र दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति आयोजना प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।