पवित्रहाङमा गोल्ड कप : दिपेन्द्र शिखर इलाम फाइनलमा

माङसेबुङ(इलाम)। रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो । टाईब्रेकरमा इलामका सजिना कोइराला, रेविका पाण्डे, सोस्तिमा विक, शिमा घले र आशिका राईले गोल गरे । यसैगरी दमकका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरिन् भने विपासा धिमालको प्रहार इलामका गोल रक्षक भरना नगरकोटीले विफल पारिन् ।खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङ क्लव दमक झापाका कमला श्रेष्ठ घोषित भइन्  । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् । खेल निर्धारित समयमा एक–एक गोलको बराबरीमा सकिए पछि नतिजा टाईब्रेकरमा धकेलिएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६औं भिनेटमा आसिका कार्कीको गोलमा रोयल दमकले सुरुवाती अग्रता लिएको थियो । तर ६५औं मिनेटमा सजिना कोइरालाले फ्रिकिकबाट गोल गर्दै इलामलाई बराबरीमा फर्काएकी थिइन्  ।

फाइनल प्रवेश गरेसँगै इलामले उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गरेको छ । फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार