सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ मा शिवचौकमा बन्ने शिबजीको मन्दिर शिलान्यास गरिएको छ।
पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मन्दिर शिलान्यास गरेका हुन् । यो सँगै वडाको जीर्ण अवस्थामा रहेको दोहलु शिवजी चौकमा शिवजीको नयाँ मन्दिर निर्माण कार्य सुरुवात भएको छ । शिलान्यास कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्ष नविन कार्की, वडा सदस्यहरु, स्थानीय समाजसेवी भद्रभलाद्मीहरु लगायतको उपस्थितिमा मन्दिर शिलान्यास गरिएको हो ।


101 पटक हेरिएको 









