
शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको लघु उद्यम विकास शाखाक आयोजनामा ३ महिने ब्यूटी पार्लर सीप विकास तालिम सुरु भएको छ।
वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा भएको ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको हो । सो तालिमका वडा नं. ४ का १५ जना युवतीहरुको सहभागिता रहेको छ । यसैगरी सो कार्यक्रममा वडा सदस्यहरु उपेन्द्र बहादुर कार्की, मिना विश्वकर्मा, मन्दिरा घिमिरे र वडावासीहरुको उपस्थिति रहेको थियो । सो तालिम गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सर्जनाका लागि गरिएको लघु उद्यम सहजकर्ता भगवती कटुवालले जानकारी दिइन् ।