खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ ।
फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हभएको थियो । उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होटल रहेको ४ तले पक्की घर र काठको २ तले घर पूर्णरुपमा जली नष्ट भएको छ। प्रकाश चन्द्र गिरीको २ तले पक्की घर, १ तले भान्सा घर तथा भरणशेर राईको पारुहाङ होटल रहेको ४ तले पक्की घरमा आंशिक क्षेति भएको थियो । आगोलागीबाट करिव ७ करोड ३० लाख बरावरको धनमाल जली नष्ट भएको छ भने उक्त आगलागी जिल्ला प्रहरी खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको कमाण्डमा ४१ जना नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानियबासीको सहयोगमा राती सवा १ बजे पूर्णरुपमा नियन्त्रण गरिएको थियो ।


88 पटक हेरिएको 











