हसन्दह च्यालेन्ज कपको उपाधि बिहानीलाई 

हसन्दह ।दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ को उपाधि बिहान युवा क्लबले आफ्नो पोल्टामा पारेको छ ।
खेलकुद विकास समिति हसन्दह वडा नं. ५ र ६ को आयोजनामा भएको फाइनल खेलमा बाहुनी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । बिहानी युवा कल्बका सबिन मगर प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भए भने बाहुनी फुटबल क्लबका मनिष ठकुरी हाईस्कोरर हुन सफल भए ।
फाइनल खेलका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, विशिष्ट अतिथिहरु वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का वडाध्यक्ष कृष्ण बस्नेत, वडा नं. ६ का निवर्तमान वडाध्यक्ष तथा युवा समाजसेवी जयबहादुर तामाङ, स्थानीय समाजसेवहरु र वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार