
शनिश्चरे । आदर्श सीता आधारभूत विद्यालय पथरी शनिश्चरे ९ रिगुवाले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ ।
कार्यक्रममा पुरस्कार, दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई थिए । कार्यक्रममा विद्यालयका शिक्षक जीवन खत्री, शिक्षिका मेनुका लिम्बु, पार्वती कार्की, कर्मचारी इन्दिरा दाहाल, विद्यालय सहयोगी हेमसागर चापागाई लगायतलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रिता कुमारी धिमालले संचालन गरेको कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, नगरका शिक्षा शाखा प्रमुख नविन खुलालले शुभकामना मन्तव्य राखेका छन् । वडाका जनप्रतिनिधिहरू, शिक्षा समिति सदस्यहरु पर्शुराम मिश्र, कुमारी माझी, भद्रमान घिमिरे, अन्य विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।