विराटनगर । विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा एकासी सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ ।
फागुन ९ गते बेलुकी साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगरदेखि काठमाण्डौ जान लागेका जिल्ला सुनसरी भोक्राह नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारी पक्राउ परेका हुन् । आवश्यक कागजात/प्रमाण माग गर्दा उपलब्ध गराउन नसकेको हुँदा आज बरामदी डलर सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाइएको छ ।


92 पटक हेरिएको 











