आजदेखि मिनि पथरी महोत्सव-२०८१

पथरी । बिसाल युवा क्लबको आयोजना तथा कृषि बजार पथरी शनिश्चरेको सहकार्यमा आजदेखि मिनि पथरी महोत्सव-२०८१ सुरु हुदैछ ।

महोत्सव फागुन १५ गते बिहिबारको दिनदेखि चैत २ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि बताएको छ । पथरी शनिश्चरे-१, बिशाल बजारमा हुने महोत्सवमा ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपालीलगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका संयोजक अमत लिम्बूले बताए । स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने महोत्सवमा रमाईलो खेलहरुको साथमा हाउजी बिंगो समेत संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार