ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङ । बिराटनगर-१५ बाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १९ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीले ३ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत बिहार अररियाका २८ बर्षीय अर्जुन मल्लिक, बिराटनगर-१७ का १९ बर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका-३ का ४० बर्षीय नबिन तामाङ पक्राउ परेका हुन् । चेकजाँच गर्दा उनिहरुको साथबाट ४० ग्राम १४ मिलिग्राम ब्राउन सुगर प्रहरीले  फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार