मकै खेती क्षेत्र विस्तार र कृषि यन्त्र उपकरणको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ ।
आज वडा नं. ३ मा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि सहभागी गराई पाउन सिफारिस गरी पाउँ भनी माग निवेदन पेश गरेका कृषकहरुको हिउँदे मकै खेती क्षेत्र विस्तार र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरणको लागि अनुगमन गरिएको हो ।
उन्नत जातको मकै रोप्ने किसानहरुलाई आर्थिक सहयोगसँगै व्यवस्थित पशुपालन, कृषि गर्नुहुने कृषकहरुलाई च्याप कटर, मिनी ट्रिलर, कम्बाईन मिल, मकै रोप्ने मेसिन नगरपालिकाद्वारा वितरणका लागि परेको निवेदनका आधारमा संयोजक बस्नेत सहित आर्थिक विकास समिति सदस्य तथा वडा नं. २ का सदस्य सीता भूषाल, वडा नं. ३ का सदस्यद्वय चन्द्रप्रकाश चेम्जोङ र टंक प्रसाद पराजुली र नगरका कृषि स्नातक प्राविधिक प्रवेश ढकाल लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार