अनुसन्धान आयोगद्वारा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

पथरी । अख्तियार  दुरुपयोग अनुसन्धान आयोग, इटहरीको आयोजनामा स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर कार्यपालिका पदाधिकारी, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, नगरपालिका क्षेत्रका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक, वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, स्थानीय संघीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी एवं उपसचिव निरज कुमार देवले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयमा सहजीकरण गरेका  थिए । संचारकर्मीत्रय इश्वर दुलाल, अर्जु जम्नेली राई, राम कुमार परियार, शिक्षक लक्ष्मीप्रसाद फुयाल, पन्चायत माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटालगायतको जिज्ञासाहरुलाई आयोगका इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेले स्पष्ट जवाफ दिए ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले भ्रष्टाचारमुक्त प्रशासन स्थापनाका लागि स्थानीय तहहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । नगरपालिकाले सुशासन प्रवर्द्धन र पारदर्शिता कायम गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख तुम्बापोले ऐन, कानुन र नीति कार्यान्वयनमा सशक्त भूमिका खेल्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार