
हसन्दह । मोरङको सुनवर्षी नगरपालिका १ भित्री सडकमा स्कुल बसको ठक्करबाट आइतबार साझ बालिकाको मृत्यु भएको छ ।
प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बस चालक सुनवर्षी–१ शुक्रबारेका ३६ वर्षीय राजेन्द्र राईलाई पक्राउ परेका छन् ।