क्षयरोग सम्वन्धी मोडुलर तालिम

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम आजबाट सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा गरिएको मोडुलर तालिम चैत ८ गतेसम्म सञ्चालन हुनेछ । नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको तालिममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य बारे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले प्रष्ट पारे।नगरका १० वटै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, नगर अस्पतालका स्वास्थ्यकर्मी, निजी अस्पताल पथरी र मोरङका प्रतिनिधि र विद्यालय नर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण बागमती सेवा समाज जिल्ला संयोजक अनिल कुमार साहले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार