
पथरी । पथरी शानिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक वर्ष २०८१ काे नगरस्तरीय आधारभूत शिक्षा(कक्षा-८) उत्तीर्ण परीक्षा एसईई माेडलमा परीक्षा केन्द्र कायम गरी सञ्चालन गरेकाे छ ।
आजबाट शुरू भएकाे परीक्षामा नगर भरीका कक्षा ८ सञ्चालित ४१ आाेटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई भुगाेलका आधारमा ९ वटा परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिएकाे शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलालले जानकारी दिए । परीक्षामा जम्मा १ हजार ३ सय ७८ जना परीक्षार्थीहरू सहभागी भएका छन् भने दुई समूह निर्माण गरी परीक्षा समिति तथा शिक्षा समितिबाट नियमित रूपमा परीक्षाकाे अनुगमन गरिरहेको छ ।
चैत्र १४ गतेसम्म सञ्चालन हुने परीक्षाकाे उत्तरपुस्तिका नगरपालिकामा सङ्कलन गरी विषय विज्ञ शिक्षकबाट परीक्षण तथा सम्परीक्षण गरी नतिजा प्रकाशन गर्ने कार्य याेजना रहेकाे छ ।