१० जना पक्राउ 

विराटनगर । मोरङ, झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

चैत्र ७ गते प्रहरी चौकी चारआली(झापा)ले मेचीनगर नगरपालिका-१२ का २७ बर्षीय संजय ठटालको घरबाट ठटाल सहित अर्जुनधारा नगरपालिका-१० का २८ बर्षीय साईमन लिम्बु र १८ बर्षीय आशिस बिश्वकर्मालाई २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापा भद्रपुर नगरपालिका-३ बाट प्रहरी चौकी महेशपुरले झापा कन्काई नगरपालिका-५ का २१ बर्षीय सुन्दर सिवालाई १९ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी-६ का २० बर्षीय ईन्द्र मगर र ३० बर्षीय भबिन्द्र दर्जीलाई ट्रामाडोल-१९४, स्पास्पेन- १९४ ट्याब्लेट सहित पक्राउ गरेको छ । मोरङ रतुवामाइ नगरपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उर्लाबारी-३ का २१ बर्षीय उज्वल थापालाई लागुऔषध ब्राउनसुगर ७ सय ६० मिलीग्राम र NITRAZEPAM-४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

धनकुटा शहिदभूमि गाँउपालिका-१बाट प्रहरी चौकी त्रिवेणीले स्थानीय ३१ बर्षीय हरिन्द्र राई, ४१ बर्षीय टिकाराम राई र ३२ बर्षीय नगेन्द्र राईलाई ब्राउनसुगर १ सय ५० मिलिग्राम सहित पक्राउ गरेको छ ।

चैत्र ७ गते राती सुनसरीको इनरुवा नगरपालिका-९ मा वेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ५१ किलो ४ सय ८४ ग्राम गाँजा फेला पारेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार