वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिम सुरु

पथरी । सहकारी संस्थाहरूका लागि वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिमको सुरु भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको सो तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने तालिम नगर भित्र रहेका सहकारी संचालक र कर्मचारीहरुका लागि विशेष आयोजना गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी गराइन् ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत, तालिमको प्रशिक्षक जिल्ला वचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले सहकारीका विषयमा कुराहरु राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार