क्षयरोग सम्वन्धी मोडुलर तालिम सकियो 

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम सकिएको छ।
आज पथरी शनिश्चरे नगरपालिकामा भएको राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिमको समापन भएको हो । नगरका लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर वस्तीको अध्यक्षतामा भएको तालिमको समापनमा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले नगरको क्षयरोग बारेमा आफ्ना धारणाहरु राख्नुका साथै आफ्ना निर्देशनात्मक भनाइहरु राखे।
नगरका १० वटै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, नगर अस्पतालका स्वास्थ्यकर्मी, निजी अस्पताल पथरी र मोरङका प्रतिनिधि र विद्यालय नर्सका प्रतिनिधिहरुको उपस्थितिमा सो तालिमको प्रिटेष्ट प्रोटेष्ट स्वास्थ्य अधिकृत जगत प्रसाद मगरले प्रस्तुत गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार