चट्ट्याङ लागेर १ जना महिलाको मृत्यु

खोटाङ । जिल्लाको केपिलाशगढी गाँउपालिका-७ मा चट्ट्याङ लागेर स्थानीय ४५ बर्षीया दिलकुमारी राईको घटना स्थलमा नै मृत्यु भएको छ ।

चैत्र ९ गते बिहान हावाहुरी, पानी परिरहेको अवस्थामा आँगनमा सामान लिने क्रममा राईलाई चट्ट्याङ लागेको थियो । घटना स्थलमा मृत्यु भएको राईको लाश पोष्टमार्टमको लागि जिल्ला अपताल दिक्तेल खोटाङ पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार