हसन्दह । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ मा सिंचाइ गर्न निर्माणधिन डिप बोरिङको पाईप चोरी भएको छ ।
वडाको दोहोलु खण्डमा सिंचाई गर्न निर्माण भईरहेको डिप बोरिङका लागि ल्याईएको करिब ५० थान पाईप चोरी भएको बताइएको छ । निकै महंगो मुल्य पर्ने पाईप चोरी भएपनि समितिले अहिलेसम्म कुनै निकायमा गरेको छैन । घट्नाबारे प्रहरीले अहिलेसम्म कुनै उजुरी नपरेको जानकारी दिएको छ । चोरीको घटनामा स्थानीय केहि युवाहरुको संलग्नता रहेको अनुमान गरिएको छ ।


98 पटक हेरिएको 









