आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

थरी । नगरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको थियो । यसैगरी स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत मगर, क्षयरोग को–अर्डिनेटर मुकेश पौडेल र नगरका स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रोग्राम असोसिएट दिपनारायण विश्वास, नेत्र अधिकृत शुनिल चौधरीले सहजीकरण गर्दै सो अभिमुखीकरणमा आँखा स्वास्थ्य, सुरक्षाका उपाय, आँखा रोगको प्रारम्भिक पहिचान र उपचारबारे विस्तृत जानकारी गराए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार