भी.आई.ए. रिफ्रेसर तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरका नर्सिङ्ग स्वास्थ्यकर्मीहरूका लागि भिजुअल इन्स्पेक्सन असिड (भी.आई.ए.) रिफ्रेसर तालिम भएको छ ।
आज नगरपालिकाको सभाहलमा आयोजित तालिममा नगरका १० वटै वडाका नर्सहरू तथा विभिन्न स्वास्थ्य संस्थामा आवद्ध नर्सहरूको उपस्थिति रहेको थियो । तालिममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत मगर, नगरका क्षयरोग को–अर्डिनेटर मुकेश पौडेल, तुलसा लकान्द्री लगायतको उपस्थिति रहेको थियो ।
सुरुवातमा स्वागत मन्तव्य राख्दै स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले तालिमको मुख्य उद्देश्य नर्सिङ्ग स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि गर्नु रहेको बताए । आचार्यले महिलाहरूमा बढ्दै गएको पाठेघरको क्यान्सरको पहिचान तथा रोकथाममा (भी.आई.ए.) परीक्षणको महत्वबारे प्रकाश पारे ।
तालिममा कोशी अञ्चल अस्पतालकी नर्सिङ निरीक्षक अन्जु खनालले सहजीकरण गर्दै (भी.आई.ए.) परीक्षणको महत्व, आवश्यक प्रक्रिया, परीक्षणका समयमा ध्यान दिनुपर्ने पक्षहरू र रिपोर्टिङ प्रणालीबारे विस्तृत जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार