
पथरी । सहकारी कर्मचारीहरूको भेलाले सहकारी कर्मचारी संगठन, मोरङ गठन गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बेलबारीमा बसेको भेलाले हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक हरि चक्र खड्काको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रमाईलो जनएकता साकोस, कानेपोखरीकी व्यवस्थापक कृष्णकुमारी अधिकारी दवाडी, सचिवमा लर्ड बुद्ध साकोस, पथरी शनिश्चरेका व्यवस्थापक गणेशकुमार राई, सह–सचिवमा एकीकृत जनभावना साकोस, लेटाङका सह–व्यवस्थापक टंकबहादुर मच्कोटी र कोषाध्यक्षमा सिसौली साकोस, बेलबारीका व्यवस्थापक शान्ता ढुंगाना रहेका छन् । त्यसैगरी ६ जना सदस्यहरूमा क्रमशः जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङका व्यवस्थापक केदारनाथ दुलाल, राष्ट्रसेवक साकोस, विराटनगरका प्रबन्धक कृष्ण भट्टराई, कनकलक्ष्मी साकोस, सन्दरहरैचाका व्यवस्थापक गोपाल देउजा, बलुवाही साकोस, बेलबारीका व्यवस्थापक ताराबहादुर राई, सूर्यज्योति साकोस, सुन्दरहरैचाकी वाथकुमारी दाहाल (वविता) र उत्साही साना किसान कृषि सहकारी संस्था लि., पथरी शनिश्चरेकी प्रबन्धक आईतकुमारी तुम्वापो (राई) रहेका छन् । भेलाले गणेशकुमार राईको संयोजकत्वमा टंकबहादुर मच्कोटी र ताराबहादुर राई सदस्य रहेको ३ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ ।