पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ को आयोजना गरेको छ।
आजबाट पथरी रंगशालामा ३ बजे उद्घाटन हुने खेलमा वडा नं. १ र ३ आमुन्नेसामुन्ने हुदैछ । पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाले ३१ हजार, द्वितीय स्थान हासिल गर्ने वडाले २१ हजार र प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरु प्रदान गरिने वडाध्यक्ष भीम राईले जानकारी दिए ।


82 पटक हेरिएको 









