पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ सोमबारेमा जीवन विज्ञान योग तथा उर्जाध्यान शिविर शनिबारदेखि सुरु भएको छ ।
वडा नं. ८ को कार्यालयको आयोजना तथा पथरी उद्योग वाणिज्य संघ, सिद्धेश्वर साकोस, बालजागरण विद्या मन्दिरको सहकार्य तथा जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद्को संयोजनमा उर्जाध्यान शिविर सुरुवात भएको हो। नगरपालिका भित्र अन्य स्थानमा समेत शिविर तथा प्रयोगशाला स्थापना भएको हुँदा सबै जनाले सेवा लिन जिल्ला परिषद् सदस्य गोमा दाहालले अनुरोध गरेकी छिन् ।
सिद्देश्वर साकोसका अध्यक्ष षडराज काफ्ले (नगेश)ले नगरपालिका भित्रका इच्छुक र पायक पर्ने सबै जनालाई आजदेखि ४ः३० बजे देखि पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८, सोमबारे बजार मा उपस्थित भएर स्वास्थ्यलाभ लिनको लागि अपिल गरेका छन् ।
वडा अध्यक्ष नवीन कार्कीले निरोगी वडा निर्माण गर्नका लागि खुल्ला ब्यामसाला निर्माण गरिएको, स्वास्थ्य शिविरहरु संचालन गरेको, जेष्ठ नागरिक दन्त उपहार शिविर संचालन, बालबालिका लक्ष्यित नृत्य प्रशिक्षण गरिसकेको र अब योग तथा ध्यान शिविर सुरुवात गरिएको बताए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, समाजसेवी युवराज बास्कोटा, बुद्धिजीवी पर्शुराम मिश्र, वडा सदस्य बाबुराम चौधरी, योग प्रशिक्षण कोसि प्रदेश अध्यक्ष, जिल्ला परिषद् अध्यक्ष साथै गोमा दाहाल, जानुका दाहाल आचार्य, बुद्ध माबी सहप्रधानाध्यापक भरतबहादुर खड्का, सोमबारे बजार अध्यक्ष राधादेवी नेपाल, बुद्ध माविका अध्यक्ष प्रकाशबहादुर कार्की, प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष अमरबहादुर थापा, समाजसेवी पुष्प पौडेल, टिकाराम खड्का लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।


102 पटक हेरिएको 









