पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व.२०८१/०८२ को स्वीकृत बंगुरपालन असल अभ्यास प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको छ ।
आइतबार नगरपालिका अन्तर्गत दर्तावाल बंगुरपालन गर्ने कृषि/पशुपन्छी फर्महरुको अनुगमन गरिएको हो । वडा नं. १० को अस्मी कृषि फर्म, वडा नं. ७ को खम्बुटोल पशुपंक्षी पालन कृषि फर्म, वडा नं. ९ को असर्फी कृषि फर्म प्रा.लि., वडा नं. ६ को मोति एकीकृत कृषि फर्म, वडा नं. २ को शान्ता बंगुर कृषि फर्म, करुणा बंगुर कृषि फार्म र तर्पन एग्रो फार्मको अनुगमन गरिएको हो ।
अनुगमनको मुख्य क्रियाकलाप असल बंगुरपालन अनुमतिपत्र तथा प्रमाणिकरण चिन्ह प्रदान गरिनेछ । यस्तैगरी छनौट भएका फर्महरुलाई जैविक सुरक्षा तथा असल फर्म व्यवस्थापनका लागि अनुदानमा सामग्री वितरण गरिने पशुपंक्षी शाखाको कर्मचारी लक्ष्मी कुमारी घिमिरेले जानकारी दिइन् ।
अनुगमनमा आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा लगायतकोे उपस्थिति रहेको थियो ।


95 पटक हेरिएको 









