
पथरी । पथरी शनिश्चरे नगरपालिकामा नियमित खोप तथा सरसफाई प्रवद्र्धनको समीक्षा एवम् सूक्ष्म योजना अध्यावधिक सम्बन्धी दुई दिने गोष्ठी आजदेखि सुरु भएको छ ।
स्वागोष्ठी स्थ्य कार्यालय मोरङ, कोशी प्रदेश र राष्ट्रिय खोप कार्यक्रमको आयोजनामा सुरु भएको भएको हो । गोष्ठीमा पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरू सहभागी छन्। कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, बाल स्वास्थ्य अन्तर्गत खोप शाखाका खेहरू यादव, सन्तोषकुमार शाह तथा डब्लु.एच.ओ विराटनगरका अर्पण डी.सी.ले सहजीकरण गरेका छन् ।
सहजीकरणको क्रममा खोप प्रगति ड्रपआउटका आधारमा समस्याको वर्गीकरण र प्राथमिकीकरण, भ्याक्सिन तथा खोप सामग्रीको परिमाण अनुमान, बहुमात्रा नीति खोपहरूको व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले कार्यक्रममा बोल्दै खोप तथा सरसफाइ प्रवद्र्धनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको बताए। गोष्ठी चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ ।’