पथरीमा व्यवस्थापक गोष्ठी सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यवस्थापन प्रमुखहरुको प्रथम व्यवस्थापक गोष्ठीको उद्घाटन गरेका छन् ।
आज  पानसमा बत्ती बाली नगर प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् प्रमुख अतिथि तुम्वापोले व्यवस्थापक गोष्ठीले नगरका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थथापन प्रमुखहरुका लागि निक्कै नै उपलब्धिमूलक हुनेमा आफू विश्वस्त रहेको बताए ।  गोष्ठीमा टंक मन्चकोटीले व्यवस्थापन प्रमुखहरुको साझा समस्या र न्यूनिकरणका उपायहरु, केदारनाथ दुलालले व्यवस्थापन प्रतिवेदनका असल अभ्यासहरू र एकरुपता र मनोज लामिछानेले ऐन नियममा भएको परिवर्तन र व्यवस्थापन प्रमुखहरुले ध्यान दिनुपर्ने सवालहरु शीर्षकहरुमा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पथरी नगरपालिकाका सहकारी शाखा प्रमुख केशवदेवी धमला, जिल्ला सहकारी संघ लि. मोरङका सह–सचिव एवं मनकामना साकोसका अध्यक्ष युवराज भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको अध्यक्ष प्रेमप्रकाश कोइराला, सहकारी कर्मचारी संगठन मोरङका अध्यक्ष चक्रबहादुर खड्का, सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका सल्लाहकार तुलसी बस्नेत, मोहनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार