
पथरी । पथरी शनिश्चरे नगरपालिकामा नियमित खोप तथा सरसफाई प्रवर्द्धनको समीक्षा एवम् सूक्ष्म योजना अध्यावधिक सम्बन्धी दुई दिने गोष्ठी मंगलबार सकिएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले गोष्ठीका विषयमा प्रष्ट पार्दै स्वास्थ्यकर्मीलाई डटेर काममा लाग्न अनुरोध गरे ।
स्वास्थ्य कार्यालय मोरङ, कोशी प्रदेश र राष्ट्रिय खोप कार्यक्रमको आयोजनामा सुरु भएको गोष्ठी नगरपालिकाको सभाहलमा सञ्चालन भएको हो ।
गोष्ठीमा पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरू सहभागी छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, बाल स्वास्थ्य अन्तर्गत खोप शाखाका खेहरू यादव, सन्तोषकुमार शाह तथा डब्लु.एच.ओ विराटनगरका अर्पण डी.सी.ले सहजीकरण गरेका थिए ।