१ सय २८ महिला स्वास्थ्य शिविरबाट लाभान्वित 

शनिश्चरे । शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २८ जना महिला लाभान्वित भएका छन् ।

शनिश्चरे स्वास्थ्य चौकी(पथरी शनिश्चरे-९)मा संचालित शिविरबाट महिला दिदीबहिनीहरुले लाभ लिएका हुन् । स्त्रीरोग विशेषज्ञ चिकित्सक सहितको टोलीले महिलाहरुको स्तन क्यान्सर स्कुनिङ, पाठेघरको मुखको क्यान्सर स्कुनिङ, आङ खस्ने समस्या, अष्ट्रटिक फिस्टुला, बाझोपनलगायत सेवा शिविरबाट प्रदान गरिएको नगरका स्वास्थ्य शाखामा कार्यरत तुलशा लकान्द्रीले जानकारी दिइन् । भि.आर.ए. ६ जनामा पोजिटिप देखिएको शिविरमा आङ खस्ने २ जनाले सेवा लिएको वताइएको छ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको शिविरमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार