वडाध्यक्ष फुटबल प्रतियोगिता: वडा नं. १ ले वडा नम्बर ९ लाई पाखा लगायो

पथरी । प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. १ ले  हात पारेको छ ।
सोमबार भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई सुन्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औं मिनेटमा वडा नं. १ को तर्फबाट रबिन राईले गोल गरेका थिए । विजेता टिमले नगद रु ३१ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्‍यो । उपविजेता टिमले नगद रु. २१ हजार रुपैयाँ, मेडल तथा ट्रफीमा चित बुझायो ।
खेलमा म्यान अफ दी म्याच सोनाम गुरुङ घोषित भए भने ‘गोल्डेन बल’ वडा नं. ९ का सायन राईले र ‘गोल्डेन ग्लोब’ वडा नं. १ का गोलकिपर विशाल दर्लामीले प्राप्त गर्‍यो ।
खेलको समापन समारोहको अध्यक्षता वडा नं. १ का वडाध्यक्ष भीम राई, प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरू लोककिरण न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, शिक्षा शाखा प्रमुख नविन खुलाल, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, शिक्षासेवी प्रदिपकुमार राई, शान्ति वनका अध्यक्ष कुलमणि गुरुङ, देवराज भण्डारी, कुलबहादुर गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार