
पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१को दोस्रो दिन ४ चरणको खेल सकिएको छ । दोस्रो चरणमा ७ खेलाडी सतप्रतिशत जीत सहित सामूहिकरूपमा शीर्ष स्थानमा रहेका छन् ।
झापाका सीएम सुश्रुत दाहाल, हेटौंडाका सीएम कृष्ण थापा, पाँचथरका रिसन थापा, सीएम पुरुषाेत्तम चौलागाईं, खोटाङका धिरेन राई, पथरीका निलम बस्नेत, ललितपुरका पुरुषाेत्तम सिलवालले सतप्रतिशत जीत निकालेका हुन् । पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, राजन पुरी, नेपाल च्याम्पियन FM रुपेश जैसवाल, मेचीनगरका विश्वविजय घिमिरे, इलामका मणिराज डाँगी ३ जीत र १ बराबरी नतिजा निकाल्दै समान ३.५/४ अङ्कसहित शीर्ष ७ खेलाडीलाई चुनौती दिइरहेका छन् ।
स्थानीय खेलाडीहरू रोहित सुब्बा, तेजपाल सुब्बा, सिद्धान्त कन्दङ्वा, राजकुमार राई ३/४ अङ्क सहित शीर्ष खेलाडीहरूलाई चुनौती दिइरहेका छन् ।
पाँचाै चरणमा बोर्ड १ मा रिसन थापा र पुरुषाेत्तम सिलवाल, बोर्ड २ मा धिरेन राई र सुश्रुत दाहाल, बोर्ड ३ मा पुरुषाेत्तम चौलागाईं र कृष्ण थापा, बोर्ड ४ मा रुपेश जैसवाल र निलम बस्नेत, बोर्ड ५ मा मणिराज डाँगी र बद्रीलाल नेपाली, बोर्ड ६ मा बिश्वविजय घिमिरे र राजन पुरी खेल्नेछन् ।