
पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१ को स्पर्धामा पाँचथरका रिसन थापाले जितेका छन् । रिसनले ७ जीत र २ बराबरी खेल्दै ८.०/९.० अङ्क सहित नगद रू. ५१,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र जितेका हुन् । रिसनले पहिलो चरणमा वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत (१५८५), बिर्तामोडका क्षितिज लिम्बू (१६३७), दमककी कृतिसारा अधिकारी (१७३६), पूर्व नेपाल च्याम्पियन CM नवीन तन्डुकार (१८१२), शीर्ष रेटेड खेलाडी पुरुषाेत्तम सिलवाल (२०८८), CM कृष्ण थापा (१९८५), नेपाल च्याम्पियन FM रुपेश जैसवाल (२०६८) लाई पराजित गरेका थिए भने CM सुश्रुत दाहाल (२०५६) र CM पुरुषाेत्तम चौलागाईं (१८९८) सित बराबरी खेलेका थिए ।
१८७३ रेटिङ रहेको रिसनले आफ्नो रेटिङमा ५० अङ्क सुधार गरेका छन् भने पर्फर्मेन्स रेटिङ २२२५ रहेको थियो ।
अन्तिम चरणमा नेपाल च्याम्पियन FM रुपेश जैसवालमाथि संघर्सपूर्ण जीत निकालेका बिर्तामोडका ज्वाला इम्बुङ ७.५/९.० अङ्कसहित दोस्रो भए । १८७३ रेटेड ज्वालाले आफ्नो रेटिङमा ४४ अङ्क सुधार गरेका छन् भने पर्फर्मेन्स रेटिङ २०७४ रहेको थियो ।
खोटाङका धिरेन राईलाई अन्तिम चरणमा पराजित गरेका इनरुवाका राजनकुमार पोख्रेल तेस्रो भए । समान ७.५/९.० अङ्क हासिल गरेका राजन ज्वालासित बुछोल्ज टाइब्रेक सिस्टममा पछि परेका थिए । १८४८ रेटेड राजनले आफ्नो रेटिङमा ४५ अङ्क सुधार गरेका छन् भने पर्फर्मेन्स रेटिङ २०५३ रहेको थियो ।
अन्तिम चरणमा रिसनसित भिडेका CM पुरुषाेत्तम चौलागाईं जीत निकाल्न नसकेपछि चौथो भएका छन् । रिसनविरुद्ध स्पस्ट अङ्क प्राप्त गरेमा चौलागाईं नै च्याम्पियन हुने थिए ।
७.५/९.० अङ्क जोडेका पुरुषाेत्तम ज्वाला र राजनसित नम्बर अफ विन टाइब्रेक सिस्टममा पछि परेका हुन् ।
७.०/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
निलम बस्नेत (पथरी)- पाँचाै
राजन सुबेदी (दमक)- छैटौं
बद्रीलाल नेपाली (काठमान्डाै)- सातौ
CM कृष्ण थापा (हेटौंडा)- आँठाै
राजन पुरी (काठमान्डाै)- नवौं
६.५/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
CM सुश्रुत दाहाल (झापा)- दसौं
पुरुषाेत्तम सिलवाल (ललितपुर)- एघारौं
रोहित सुब्बा (पथरी)- बाह्राै
FM रुपेस जैसवाल (ललितपुर)- तेह्रौं
निखिल चौधरी (सप्तरी)- चौधौं
राजेन्द्र राई (धरान)- पन्ध्रौं
चुडामणि महतो (लहान)- elo<1800>=1600 top
६.०/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
धिरेन राई (खोटाङ)- प्रदेस प्रथम
शिशिर खड्का (संखुवासभा)- अनरेटेड टप
CM नवीन तण्डुकार (काठमान्डाै)- S55 Top
लोकसागर साम्बा (पथरी)- प्रदेश दोस्रो
सुरेन्द्रकुमार राई (इलाम)- हिल साइड टप
उमेस राई (विराटनगर)- मोरङ प्रथम
अर्पण चापागाईं (विराटनगर)- अनरेटेड दोस्रो
विश्वविजय घिमिरे (मेचीनगर)- फरक क्षमता टप
५.५/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
अग्रिम खड्का (पथरी)- मोरङ दोस्रो
कृतिसरा अधिकारी (दमक)- महिला प्रथम
नन्दकुमार कुरुम्बाङ (पाँचथर)- elo<1600 Top
अनिस तामाङ (पथरी)- पथरीशनिश्चरे प्रथम
उद्धवराज थापा (पथरी)- पथरीशनिश्चरे दोस्रो
५.०/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
हरिकुमार सेर्मा (पथरी)- पथरीशनिश्चरे तेस्रो
काशिभ कार्की (पथरी)- U-16 Top
श्रीयन्स चौलागाईं (गौरदह)- U-13 Top
केशवकुमार ताम्राकार (बिर्तामोड)- S65 Top
४.५/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
सम्राट बस्नेत (बाल्मीकि)- पथरीशनिश्चरे स्कुल प्रथम
सिद्धान्त कन्दङ्वा (एभरेस्ट)- पथरीशनिश्चरे स्कुल दोस्रो
आयुश लिम्बू (एभरेस्ट)- पथरीशनिश्चरे स्कुल तेस्रो
४.०/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरूमध्ये
सेम्रील राई (एभरेस्ट) – महिला दोस्रो
३.५/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरूमध्ये
नाछोहाङ साम्बा (पन्चायत)- U10 Top
प्रविशा दवाडी (दमक)- Emerging Female Player
३.०/९.० अङ्क प्राप्त गर्न सफल खेलाडीहरू
दिब्या राई (पन्चायत)- पथरीशनिश्चरे महिला प्रथम
प्रतीक्षा राई (वाल्मीकि) पथरीशनिश्चरे महिला दोस्रो