पथरी । पथरी शनिश्चरे नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत प्राविधिकद्वारा सहायक सामग्रीको लागि प्राविधिक नाप चाँच सम्पन्न भएको छ ।
सोमबार पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको द्विपक्षीय लागत साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत (सहायक सामग्रीका लागि सहयोग कार्यक्रम) भएको हो । कार्यक्रममा सि.सि.आर. विराटनगरका प्राविधिकद्वारा सहायक सामग्रीको लागि प्राविधिक नाप चाँच गरिएको नगरका महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् ।


79 पटक हेरिएको 









